साँगामा बस दुर्घटना, ५ जना घाइते
काभ्रेपलाञ्चोक | साउन ३, २०८०
काभ्रे: काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सीमास्थित सूर्यविनायक नगरपालिका-९ स्थित साँगामा बस दुर्घटना भएको छ ।
काठमाडौंबाट बनेपातर्फ आउँदै गरेको बा ४ ख ९३९६ को बस बुधबार दिउँसो ३:१५ बजेतिर साँगाको पुलमुनि भिरबाट अन्दाजी २५ मिटर तल खसेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।
दुर्घटनामा चालकसहित पाँच जना घाइते भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक रेशम बोहोराले जानकारी दिए । उनका अनुसार, घाइते पाँचै जनालाई उपचारका लागि भक्तपुरस्थित मध्यपुर अस्पताल पठाइएको छ ।
गाडीमा १५ जना यात्रु सवार थिए ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

